आरोपीको वयानः ‘जागिर लगाइदिने भन्दै पैसा लियौँ अनि हत्या गरिदियौैँ’

सुर्खेत, ३ माघ (जागरण)। सुर्खेतको सिम्ता गाउँपालिका ४ का दिपक सिंह ठकुरीको हत्या गरेका भन्दै प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ ।
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) अरुण पौडेलकाअनुसार राप्ती सोनारी गाउँपालिका २ बाँकेका युवराज गिरी र हिम्जा गाउँपालिका ६ अछामका भरतबहादुुर शाहीलाई पक्राऊ गरिएको हो ।
प्रहरीसमक्ष बयान दिने क्रममा दुवै जनाले प्रहरीमा भर्ना गराउने भन्दै दुवै जनाले रकम लिएको र भर्ना गराउन नसक्ने भएपछि युवकको नै हत्या गरेको बताएका छन् ।
गिरीलाई भाग्दै गरेको अवस्थामा खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको र शाहीलाई सुर्खेतबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
सिंहको शव गत शनिवार कोहलपुर बसपार्क नजिक फेला परेको थियो । अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।