रुकुम, ४ माघ (जागरण) । रुकुम पश्चिममा सहकारी संस्थाले किसानको घरघरमै पुगेर दूध संकलन थालेको छ । सहकारीले दूध संकलन गर्न थालेपछि किसान खुसी भएका छन् ।
मुसीकोट नगरपालिका–४ सोलाबाङस्थित नागरिक दुग्ध सहकारी संस्थाले किसानको घरबाटै दूध संकलन गर्न थालेको हो ।
सोलाबाङमै ‘चिलिङ भ्याट’ राखेपछि गाउँबाट दूध संकलन गर्न थालिएको सहकारीका अध्यक्ष धिरेन श्रीपालीले बताउनुभयो ।