महिला टी–२० क्रिकेटको सेमिफाइनलमा नेपालले इण्डोनेशियासंग खेल्दै

काठमाण्डौँ, ४ माघ (जागरण) । थाइल्याण्डमा जारी महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले इण्डोनेशियासंग खेल्दैछ । आज नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।