काठमाण्डौँ, ४ माघ (जागरण) । धेरै आशा गरिएको वर्तमान सरकारको गतिलाई लिएर असन्तुष्टि व्यक्त हुन थालिरहेको समयमा सरकारले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
सरकारले दैलेख र पाल्पामा भएका ग्यास खानीको उत्खनन् गर्न एक चिनियाँ परियोजनालाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको उत्खनन् गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । नेपालले बेला–बेलामा भोग्ने इन्धन संकट अन्त्यको लागि यो परियोजना महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो ।
यस्तै, सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्री बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिनुभयो ।
सरकारले जनकपुर(जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।
यसैबीच, सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताउनुभयो ।
सरकारका यी निर्णयले नागरिकहरुमा नयाँ आशा जगाएको छ । निर्वाचनमा गरेका वाचा सरकारले अहिले पुरा गर्न थालेको भन्दै नागरिक आशातित छन् । धेरैजसोले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा आफ्ना आशा दर्शारहेका छन् ।नेपाल चेम्वर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणी शर्माले फेसबुकमा यस्तो स्टाटस् लेख्नुभयोः