वहुमुल्य पत्थरसहित सुर्खेतमा पाँच जना पक्राउ

सुर्खेत, ४ माघ (जागरण) । वहुमूल्य पत्थर सहित सुर्खेतमा प्रहरीले चार जनालाई पक्राउ गरिएको छ । बीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमलबाट पत्थरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
कालिकोटबाट सुर्खेत आउँदै गरेको बा १९ च ३५७२ नम्बरको स्कारपियो गाडी चेक जाँच गर्दा गाडीमा लुकाएर राखिएको पत्थर बरामत गरिएको हो ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगरका ४० बर्षिया भिमबहादुर सुनार, ३० बर्षिया नबिन कँडेल र २८ बर्षिया सुरेन्द्र शाही, बराताल ८ का २६ बर्षिय भक्त बहादुर पाण्डे र ३२ बर्षिय तेजेन्द्र बस्नेत रहेका छन् ।
गाडीमा पत्थर लुकाएर ल्याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरिक्षक बिजय पुनसहितको टोलिले ११ दशमलब ५ सय किलो ग्राम परिमाणमा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।