एकदिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डौँ, ६ माघ (जागरण) । युएईसंगको एकदिवसीय र टी ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपालले आज पारस खड्काको कप्तानीमा ३ वैकल्पिक खेलाडीसहित १६ सदसीय नेपाली टोलीको घोषणा गरेको हो ।
आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मलित छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो । नेपालले प्रारम्भिक चरणमा छनोट भएका २० खेलाडीबाट १६ खेलाडी छनोट गरेको हो ।
नेपाली टोली भोली युएईतर्फ प्रस्थान गर्नेछ । नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी ट्वान्टी सिरिज खेल्दैछ ।