सुर्खेत, ६ माघ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो ।
जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको छ । गाउँपालिकाका १२ वडामध्ये ९ वडामा विधुतीकरण गरिने छ ।
वडा नम्बर ५, ६ र ७ मा नेपाल विधुत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । पहिलो सभाबाट सिम्ता उज्यालो बनाउने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।