चितुवाको छालासहित एक जना पक्राऊ

सुर्खेत, ६ माघ (जागरण) । प्रहरीले चितुवाको छालासहित सुर्खेतमा १ जनालाई पक्राउ गरेको छ । प्रदेश पाँच प्रहरी अपराध अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलिले आज वीरेन्द्रनगरमा कालिकोटका टंक प्रसाद उपाध्यायलाई दुई वटा चितुवाको छालासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रदिप क्षेत्रीका अनुसार कालिकोटको राष्कोट नगरपालिका ४ का टंकप्रसाद उपाध्यायलाई वीरेन्द्रनगर ३ एरिचोकबाट पक्राउ गरिएको हो ।
उपाध्यायले चितुवाको छाला बिक्रि गदैैछन् भन्ने विशेष सुचनाको आधारमा प्रहरी आफैले ग्राहक बनेर उनीहरुलाई पक्राउ गरिएको हो ।