सुर्खेत, ६ माघ (जागरण) । श्रम तथा रोजगार कार्यालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट आजदेखि वैदेशिक रोजगारका लागि श्रम स्वीकृती दिन शुरु गरेको छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतका ललित कुमार घर्तिलाई श्रम स्वीकृत प्रदान गरेर सेवा शुभारम्भ गर्नुभएको हो । वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको करिव २ महिना पछि सेवा शुरु भएको हो ।
कार्यालयले प्रारिम्भक चरणमा पुनः स्वीकृति दिने भएको हो । कार्यालयका अनुसार सुरुवातमा विदेशबाट फर्किएर फेरी विदेश जानेहरुका लागि मात्र पुनः श्रम स्वीकृत दिने श्रम तथा रोजगार कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
श्रम स्वीकृति सेवा सुरु भएसंगै अव कर्णालीका नागरिकहरुलाई श्रम स्वीकृति लिन काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको छ ।
सामाजिक विकासमन्त्री रावलले श्रम स्वीकृति सुरु भएसंगै कर्णाली प्रदेशका जनतालाई राहत पुग्ने बताउनुुभयो । उहाँले विदेश जानका लागि श्रमस्वीकृति दिएपनि जनतालाई आफ्नै ठाउँमा रोजगारीको सृजना गर्न कर्णाली प्रदेश सरकार लागेको बताउनुभयो । उहाँले अब कर्णाली प्रदेश सरकारले श्रम निति पनि अब तत्तकाल ल्याउँने पनि जानकारी दिनुभयो ।
श्रम तथा रोजगार कार्यालयले नयाँका लागि भने समय लाग्ने श्रम अधिृकत श्यामकृष्ण आचार्यले जानकारी दिनुभयो ।
सरकारले कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा गएको मंसिर १२ गते श्रम तथा रोजागार कार्यालय स्थापना गरेको थियो ।