संसद नियमावली सर्वसम्मत पारित, आर्थिक विधेयकमाथि छलफल भने जारी

सुर्खेत, २० चैत (जागरण) । कर्णाली प्रदेशको प्रदेशसभा नियमावली मस्यौदा सर्वसम्मत पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकले बहुमतले संसद निमावली पारित गरेको हो । निमावलीमा ८ अनुसुचि, २ सय २२ नियम र २६ वटा परिच्छेद रहेका छन् ।
संसद निमावली मस्यौदा समितिका सभापति सिता नेपालीले शंसोधनसहित बैठकमा मस्यौदा पेश गर्नुभएको थियो । उक्त मस्यौदा वैठकले सर्वसम्मत पारित गरेको हो ।
वैठकमा भाग लिँदै महिला संसादहरुले लैगिंक मैत्री हुनपर्ने भन्दै समितिको सभापतिको साटो अध्यक्ष राख्नुपर्ने सुझाव दिएका थिए ।
त्यसै अनुसार समितिका संयोजक सिता नेपालीले शंसोधनमा अध्यक्ष राखिएको, विधेयक माथि शैद्धान्तिक छलफल गरी शंसोधन दर्ताका लागि ७२ घण्टा समय तोकिएको जानकारी दिनुभयो ।
यो निमावलीमा ४ वटा विषयगत समितिको व्यवस्था गरिएको छ । विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति गठन गर्न सकिने व्यवस्था पनि गरिएकोे छ ।
यसैबिच, आज बसेको बैठकले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक कार्यविधी सम्बन्धी विधेयकमाथि पनि सैद्धान्तिक छलफल भएको छ ।
आर्थिक कार्यविधिमा छलफल गर्दै सांसदहरुले आर्थिक अनियमितता रोक्नका लागि व्यवस्था गर्नुपर्ने बताएका छन् ।
अधिकाँश सांसदहरुले आर्थिक अनुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक लेखापरीक्षणको व्यवस्था गर्न सरकारसंग आग्रह गरेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विधेयक माथि भएका छलफलका बिषयमा सम्बोधन गर्दै आर्थिक अनुशासन कायम गर्न, निति नियमहरु कार्यान्वयन गर्न सरकार लचिलो हुने बताउनु भयो ।
उहाँले आर्थिक कार्यविधि विधेयकमा आर्थिक अनियमितता, भ्रष्टाचार रोक्न, जवाफदेहीता कायम गर्न राम्रो पक्ष भएको भन्दै सार्वजनिक लेखापरीक्षणको पनि व्यवस्था गरिने बताउनु भयो । प्रदेश सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थिगित भएको छ ।