फागुनभित्रै गुटु उज्यालो बन्ने

सुर्खेत, १० माघ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाका स्थानियले आगामी फागुन मसान्तभित्र उज्यालो गुटुको रुपमा पाउने भएका छन् ।
एक सय किलोवाटको सोलारबाट बिजुली निकाल्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीकाअनुसार यो परियोजनाबाट गुटुका करिव ३ सय घर लाभान्वित हुनेछन् ।
गुटुमा सोलार मिनिग्रेड उपभोक्ता समिति गठन गरेर काम अघि बढेको हो । अहिले गुटुका ठाउँठाउँमा निर्माण सामग्री थुप्रिएका भेटिन्छ ।
चार करोड ८४ लाखमा वल्र्ड वाइड कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको आयोजनामा पेटी ठेकादारका रुपमा अहिले पस्क पावर प्रालिले निर्माण कार्य गरिरहेको समितिका उपाध्यक्ष खगेन्द्र चलाउनेले बताउनुभयो ।