हाम्रो विकासमा स्याकको योगदान ठूलो छः सर्वसाधारण

सुर्खेत, १० माघ (जागरण) । सुर्खेतका सर्वसाधारणले आफुहरुको विकासका लागी समाज जागरण केन्द्र (स्याक) नेपालले अतुलनिय योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । स्याक नेपालको सामाजिक विकास र सुशासनका लागी केन्द्रित कार्यले आफुहरुलाई जागरुक हुन थालेको उनिहरुले बताएका छन् ।
नियमित कार्य अन्तरगत स्याक नेपालको वार्षिक सामाजिक परिक्षण कार्यक्रममा सुर्खेतको लेकवेशी नगरपालिकाका स्थानिय नागरिकले यस्तो बताएका हुन् ।किशोरी संवाद केन्द्र, आशा सञ्जाल, स्थानिय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, महिला समूहलगायतका प्रतिनिधिहरुले स्याक नेपालले गरिरहेका गतिविधि अझै बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी एवम् नगरपालिकाका कार्यवहाक प्रमुख शान्ती छन्तेलले आफ्नो क्षमता विकासका लागि पनि स्याक नेपालले विगतमा धेरै ठूलो योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा स्याक नेपालकी अध्यक्ष मीना तिवारी शर्माले सुर्खेतमा पहिलो पटक वि.सं. २०६४ सालदेखि नै आफूहरुले संस्थाका क्रियाकलापहरुको सामाजिक परिक्षण गर्ने संस्कार बसालेकाले यसले संस्थाका कार्यहरु गर्न निकै सजिलो हुने गरेको बताउनुभयो ।
सामाजिक परिक्षणमा स्याक नेपालका निमित्त कार्यकारी निर्देशक रेशम चन्दले संस्थाले गरेका क्रियाकलापबारे प्रस्तुती र सवाल जवाफ गर्नुभएको छ ।