गुठः प्रेस युनियनका दुई समिति

सुर्खेत, १० माघ (जागरण) । सुर्खेतमा नेपाल प्रेस युनियनका दुई वटा समिति बनेका छन् । पटक पटक स्थगित हुँदै नयाँ मिति तोकिँदै गरेको युनियनका छुट्टाछुट्टै जिल्ला अधिवेशनबाट अन्ततः दुई वटै समिति घोषणा गरिएका छन् ।
केन्द्रिय अध्यक्षले विज्ञप्तिमार्फत् जिल्ला अधिवेशन स्थगित गरे पनि महासचिवको उपस्थितिमा एउटा अधिवेशन भई नरेशसिं थापाको अध्यक्षतामा समिति बनेको छ ।
त्यसको भोलिपल्टै फेरी इश्वर खड्काको अध्यक्षतामा अर्को जिल्ला समिति बनेको छ । अहिले युनियनका साधारण सदस्यहरु रणभुल्लमा परेका छन् ।
उनीहरु एकले अर्को समूहलाई अवैधानिक भन्दै घोचपेच गरिरहेका छन् ।

इश्वर खड्काको नेतृत्वमा समिति चयन भएपछि सामूहिक फोटो ।

 

नरेशसिं थापाको नेतृत्वमा बनेको समितिको सामूहिक तस्विर ।