बृहत कर्णाली एक्स्पो सञ्चालन हुदैँ

सुर्खेत, ११ माघ (जागरण) ।
कर्णाली प्रदेशलाई पर्यटकहरुको आर्कषक केन्द्र बनाउन बृहत कर्णाली एक्स्पो सञ्चालन गरिने भएको छ ।
पछाडी परेको प्रदेशका रुपमा चिनिएको कर्णालीको मुहार फेर्न र यहाँको अबसरका बारेमा जानकारी दिन बृहत कर्णाली एक्स्पो सञ्चालन गर्न लागिएको हो ।


नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र समृद्ध कर्णाली अभियानको आयोजना, तथा अन्य बिभिन्न निकायहरुको सहआयोजनामा यही फागुन ३ गते देखी ५ गते सम्म काठमाण्डौँको भृकुटीमण्डपमा कर्णाली एक्स्पो सञ्चालन गर्न थालिएको हाे ।


बृहत कर्णाली एक्स्पोमा एक करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ भने प्रत्यक्ष रुपमा १ लाख तथा अप्रत्यक्ष रुपमा ३ लाखले अध्ययन अवलोकन गर्ने लक्ष्य रहेको छ ।