प्रभा रावत ।
सुर्खेत ११, माघ (जागरण) । काम कै शिल शिलामा कृषी पेशालाई पहिलो प्राथमिकतामा राख्नुभएका युवा व्यवसायी शेरबहादुर खड्का पछिल्लो समय व्यबसाय प्रति निकै व्यस्त हुनुहुन्छ ।
उहाँले वीरेन्द्रनगर ३ मा तरकारी खेती सँगै व्यबसायिक कुखुरा पालन गर्दै आउनुभएको छ । सानो उमेरमा भविष्यमा यहि नै पेशा गर्छु भन्ने योजना नबनाएको भए पनि बजारको मागलाई मध्यनजर गर्दै विगत ३ बर्षदेखी व्यबसायिक तरकारी खेती तथा कुखुरापालन गर्दै आउनुभएको छ ।
कक्षा १० सम्म अध्ययन गर्नुभएका खड्काले सुरुमा ड्रइभर पेशा रोज्नुभएको भए पनि त्यो काम त्यति सहज भने थिएन । ड्रइभर पेशालाइ त्यागेर व्यबसायिक कुखुरा पालन तर्फ लागेपछी आफ्नो पेसाका सन्तुष्टी हुनुहुन्छ ।
खड्काले व्यबसायिक कुखुरा पालन सँगै व्यबसायिक रुपमा तरकारी खेती पनि गर्दै आउनुभएको छ । जग्गा भाडामा लिएर अहिले उहाँले ८ कट्टा जमिनमा तरकारी लगाउनु भएको छ । कुखुरा पालन सगैँ तरकारी खेतीबाट उहाँले एक सिजनमा १ देखी डेढ लाख सम्म आम्दानी हुने गरेको छ ।
खड्काको कुखुरा फर्ममा अहिले ११ सय कोइलर जातका कुखुरा छन् । दैनिक जसो ७ सय देखी ८ सय सम्म अण्डा उत्पादन हुने गर्दछ । खड्काले २ जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँको आगामी योजना यसै पेशालाई निरन्तता दिने योजना छ ।
व्यबसायि कृषी पेशा गर्ने किसानलाई सरकारले अनुदानको व्यबस्था गरेको छ । तर
खड्काले कतैबाट अनुदान भने पाउनु भएको छैन । अनुदानको लागी पटक पटक प्रयास गर्दा पनि कतैबाट सहयोग भने पाउन नसकेको गुनासो गर्नु हुन्छ । नेपालमा नै बसेर सफल युवा व्यबसायि बन्ने उहाँको लक्ष्य छ ।