अटो व्यवसायीहरुको आन्दोलन र जनताको प्रतिक्रिया (अडियो सहित)

सुर्खेत, १२ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अटो व्यवसायीहरुले विभिन्न चार बुँदे माग सहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
आज मंगलगढी चोकबाट अटो सहित नगरपालिका पुगेका व्यावसायीहरुले नगर प्रमुख देवकुमार सुवेदी मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।
वार्षिक पाँच हजार आयकर तोकिएको शुल्क घटाइनुपर्ने, यातायात व्यवस्था सेवा कार्यालयले संगित कर मार्फत आटोरिक्साबाट आठ सय लिने गरिएको र टा«फिक प्रहरीले अटोमा रहेका स्पीकरहरु जफत गरिएकोले सो कार्य बन्द हुनुपर्ने लगायतका मागहरु राखेका छन् ।
हामीले यसै बिषयमा रहेर नगरपालिकाले तोकेको कर दिदैनौँ भन्ने अटो व्यवसायीलाई तपाई के भन्नुहुन्छ भनेर जनतालाई सोधका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः