सुर्खेत, १२ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ ले वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सीप सिकाउन थालेको छ ।
महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्याइएको १ लाख बजेटबाट पहिलो चरणमा सिलाइ कटाई तालिम सुरु गरिएको छ ।
महिला संजाल उपभोक्ता समिति वडा नं. ३ ले दुई दर्जन बढी महिलालाई तालिम दिन थालेको छ ।
वडा अध्यक्ष भुपेन्द्र खत्रीले तालिमलाई भरपुर उपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सीप सिकेर आत्मनिर्भर बन्न जोड दिदैं आगामी दिन पनि यस्ता सहयोग वडाले गरिरहने प्रतिवद्धता जनाउनुभयो ।