सुर्खेत, १४ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठक आज र भोली गर्दैछ ।
प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्य लगायतका विषयमा साझा अवधारणा तयार गर्न लागि बैठक बस्न लागेको हो ।

समन्वय परिषद् बैठकलाई उपलब्धिमूलक बनाइने सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
प्रदेश समन्वय परिषद् बैठकमा परिषद् पदाधिकारीका अतिरिक्त कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय संसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय अधिकारी, गाउँपालिका तथा नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्णाली प्रदेश सरकारको विज्ञ समूहका सदस्य, विषयगत विज्ञ लगायत सरोकारवालालाई निमन्त्रणा गरिसकिएको उहाँले बताउनुभयो ।