सुर्खेत, २२ चैत (जागरण) ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका विद्यार्थीहरुले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् ।
कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका हुन् ।
तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए ।
यसैबिच, सांसद धर्मराज रेग्मीले बुधबार बसेको संसद वैठकमा आफू सवार गाडीमा भएको तोडफोडप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको यस्तो अराजकताप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँसँगै संसद वैठकमा सहभागी अन्य सांसदहरुले पनि मन्त्रीको गाडीमा तोडफोड हुनुले सुरक्षा चुनौति देखिएको भन्दै दोषीलाई कडा कार्वाहीको माग गरेका छन् ।
संसद वैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले मन्त्रीको गाडीमा तोडफोड गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।