सुर्खेत, १४ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा आउँदो फाल्गुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन हुने भएको छ ।
सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि ११ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली प्रदेश सरकारले अभियानका रुपमा सञ्चालन गरेको कर्णाली रारा पर्यटनको गतिविधिलाई समेत प्रवर्दधन गर्ने गरी महोत्सव सञ्चालन गरिने जानकारी दिनुभयो ।