सुर्खेत, १५ माघ (जागरण) । कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक प्रदेश र स्थानिय तहको विकास निमार्णका कार्यमा सहकार्यका लागी निष्कर्ष निकाल्ने भएको छ ।
हिजोबाट सुरुभएको समन्वय बैठकले साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोगका विषयमा छलफल गरि निष्कर्स निकाल्ने छ ।
हिजो बसेको परिषद बैठकमा म्ुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश समन्वय परिषद बैठकले प्रदेश र स्थानीय तहमा देखिएको अलमल हट्ने बताउनुभयो ।
उहाँले अहिले सरकारले बजेट कार्यान्वयनमा देखिएका समस्या, प्रदेशमा कानुन निर्माण गर्ने समस्या जस्ता विषयमा भएका अलमललाई यो बैठकले सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशलाई कसरी सबै मिलेर समृद्ध प्रदेश बनाउन सकिन्छ भनेर साझा अवधारण बन्ने पनि उहाँले बताउनुभयो ।
झण्डै एक बर्ष पछि बसेको समन्वय परिषद बैठकले प्रदेश र स्थानीय तहविच देखिएको समन्वयको अभावलाई समन्वयकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने स्थानीय जनप्रतिनिधिहरुले अपेक्षा गरेका छन् ।