प्रदेश समन्वय परिषदको बैठक महत्वकाँक्षी निर्णयहरु गर्दै सम्पन्न

सुर्खेत, १५ माघ (जागरण) । कर्णाली प्रदेशको प्रदेश समन्वय परिषदको बैठक महत्वकाँक्षी निर्णयहरु गरेर सम्पन्न भएको छ । कर्णाली प्रदेश र यहाँका स्थानीय तहको साझा लगानीमा कर्णालीमा पाँच सय मेगावाटको जलबिद्युत अयाोजना बनाउने लगायतका ३१ बुद्धे निर्णय गरेका छन् । बैठकले प्रदेश र स्थानीय तहहरु मिलेर पाँचसय मेगावाटको बिजुली उत्पादन गर्ने भएका हुन । बैठकका बारेमा जानकारी दिदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार, स्थानीय तहहरु र नागरिकहरुको सहभागितामा बिजुली उत्पादन गरिने बताउनुभयो ।

उहाँले अब कर्णालीको समृद्धिका लागि स्थानीय तह र प्रदेश सरकार समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभयो । विकास र समृयस्तै बैठकमा कर्णालीको समृद्धि र विकासका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु बिच साँझा प्रतिवद्धता व्यक्त गरेको भन्दै मुख्यमन्त्री शाहीले प्रदेशको योजनाको खाका गराउने, कानुन निर्माण गर्ने र तीन वटै सरकारको अन्तरसम्बन्ध विस्तार गर्ने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेश र यहाँका स्थानीय तहहरुले गर्ने कामहरु विभाजन गरेर कर्णालीको समग्रह गुरुयोजना बनाउने बताउनुभयो । उहाँले कर्णाली प्रदेशले कति सडक गराउने, स्थानीय सरकारले कति गराउने भन्ने विषयमा योजनासहित नै अघि बढ्ने बताउनुभयो ।

यस्तै बैठकले पुर्वाधार विकास, कृषि, वन, पर्यटन, उर्जालगायतका परियोजना बैंक गराई लगानी जुटाउन र कार्यान्वयन गर्न पनि साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।