सुर्खेत, १५ माघ (जागरण) ।
सल्यानमा आफ्नै आमाका हत्यारा १८ बर्ष पछि पक्राउ परेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्वारा बस्ने ३६ बर्षिय ऐकेन्द्र बहादुर खड्का १८ बर्ष पछि पक्राउ परेका हुन् ।
२०५६ सालमा आफ्नै आमा सुईती कुमारी खड्कालाई घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेका उनलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सल्यान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयो ।
आफ्नै आमाको हत्या गरेपछि उनलाई तत्काल पक्राउ गरी सल्यान जिल्ला अदालतको फैसलाले सर्बस्व सहित जन्म कैद तोकिएको थियो ।
१ बर्ष ७ महिना २५ दिन कैदमा बसेका उनी २०५७ साल फागुण २३ गते सल्यान कारागारबाट फरार भएका थिए ।
अहिले भारतको सिम्लामा लुकीछिपी नेपाल आउने जाने क्रममा प्रकाउ गरेको छ ।