जुम्लामै अक्सिजन उत्पादन, बिरामीलाई सहज

सुर्खेत, १५ माघ (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादन सुरु भएको छ । पहिलो पटक जुम्लामै अक्सिजन प्लान्ट उपकरण जडान गरेर उत्पादन सुरु गरिएको हो ।
अक्सिजन उत्पादन सुरु भएसंगै बिरामीको शल्याक्रियामा सहज हुने भएको छ ।

अस्पतालका निर्देशक धर्मराज गोसाईका अनुसार पहिला नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति भएको भन्दै अब बिरामीलाई अक्सिजन अभाव नहुने बताउनुभयो ।
कर्णाली राजमार्गमा आइरहने बाढीपहिरो तथा अन्य अवरोधका कारण समयमै अक्सिजन आपूर्ति गर्न समस्या हुने गरेको थियो ।
आवश्यक परेको बेला अक्सिजन उत्पादन गरेर दिन सकिने अवस्थाको सिर्जना भएको निर्देशक गोसाईले बताउनुभयो ।