स्थानीय उत्पादनको प्रयोगमा जोेड दिन मुख्यमन्त्रीकाे आग्रह

सुर्खेत, १६ माघ (जागरण) ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमै उत्पादन हुने स्थानीय उत्पादनको प्रयोगमा जोेड दिन आग्रह गर्नुभएको छ ।
आवश्यक सबै कुरा कर्णालीमै उत्पादन हुने भन्दै उहाँले आफ्नै उत्पादनको प्रयोग गरे परनिर्भर हुनु नपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको कर्णाली प्रदेश परामर्श बैठकमा बोल्दै उहाँले सबैले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विदेशबाट आएका बस्तुहरु प्रयोग गरेर राष्ट्रबादी नभइने पनि बताउनुभयो ।
उहाँले कर्णालीमा अब पहिलाको जस्तो संघसंस्थाहरुले चामल र लिटो बाड्ने काम बन्द हुने बताउनुभयो । चामल र पिठो बाड्दा यहाँका नागरिक परनिर्भर भएको भन्दै उहाँले अब स्थानीय स्थरमा उत्पादन हुने कृषिजन्य बस्तुको बृद्धि गरिने र चामल, लिटो बाड्ने काम बन्द गर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारले स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय तहले सडकको मात्र पछि लागेको भन्दै अब प्रदेश सरकारले सडक, कुलो र सिंचाईको व्यवस्था गर्ने र संघले ठूला आयोजनाहरु ल्याउनुपर्नेमा जोड दिनुभयोे । उहाँले राष्ट्रिय योजना आयोगमा २०÷३० हजारका योजना उल्लेख नगर्न पनि आग्रह गर्नुभयो ।