महिलामैत्री निती बनाईने

सुर्खेत, २३ चैत (जागरण) । कर्णाली प्रदेशका महिला जनप्रतिनिधी तथा अधिकारकर्मी सुर्खेतको वीरेन्द्रगरमा भेला भएका छन् । कर्णाली प्रदेशस्तरीय महिलामञ्चमा सहभागी हुन उनीहरु वीरेन्द्रनगर आएका हुन् ।
वीरेन्द्रनगरमा भेला भएका उनीहरुले प्रदेशमा रहेका महिलाहरुको अधिकार, सहभागिता र अवसरका बारेमा छलफल गर्नेछन् ।
भेलाको उद््घाटन गर्दै सामाजिक विकास मन्त्री दल रावलले महिलाहरुको सशक्तिकरणका लागि सरकारले विशेष निती ल्याउने जानकारी दिनुभयो । सरकार महिला र बालबालिकाको विषयमा गम्भीर रहेको भन्दै उहाँले महिलामैत्री कानुन निर्माणमा जुटेको बताउनुभयो ।
यस्तै, भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले महिलामैत्री कानून बनाउने बताउनुभयो । महिलाका अधिकार संविधानमा लेखे पनि महिलाहरु दोस्रो दर्जामा सिमित भएको मन्त्रि केसीले बताउनुभयो ।