गाउँपालिकाभरका विद्यार्थीले गरे एकै ठाउँमा प्रतिस्पर्धा

सुर्खेत, १६ माघ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाभरका विद्यार्थीलाई एकै ठाउँ बोलाएर अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धा गराइएको छ ।
अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न तहमा फरक फरक विषयका वक्तृत्वकला, हाँजिरी जवाफ र कविता लेखन तथा वाचनको प्रतिस्पर्धा गराइएको हो ।
सिम्ता गाउँपालिकाकाे आर्थिक सहयोग तथा शिक्षा शाखाकाे समन्वयमा शिक्षक महासंघ सिम्ताले कार्यक्रम गरेको हो ।
विद्यार्थीको क्षमता विकासका लागि अतिरिक्त क्रियाकलाप अनिवार्य हुने भएकाले कार्यक्रमलाई सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताउनुभयो ।
आधारभूत तह स्तरकाे हाजिरी जवाफ प्रतियोगितामा प्रथम आवि साहुखाेला, द्वितिय आवि काप्रिचौर डाेप्का, तृतिय आवि ठिग्नि राकम र सान्त्वना आवि काेटकाँडा खानिखाेलाकाे टिम भएको छ ।
यस्तै माध्यमिक स्तरीय गुणस्तरीय शिक्षामा विद्यार्थीको भुमिका विषयक वक्तृत्वकलामा प्रथम हिमालय मावि चाेल्पाका नवीन विक, द्वितिय सरस्वती माबि काँडा सिम्ताकी अनिता सिंह,तृतिय वागेश्वरी मावि राकमका दिपक गौतम र सान्त्वना नेरा मावि लापुका चन्द्रकला याेगि हुनुभएको छ ।
त्यस्तैगरी माविस्तरिय कविता लेखन तथा वाचन प्रतियोगितातर्फ प्रथम मावि खेल्नेचौरकी कल्पना खड्का, द्वितिय मावि चाेल्पाका सुगम चन्द, तृतिय सरस्वती मावि काँडासिम्ताका सुगम चन्द र सान्त्वना मावि राकमकी विनिता खत्री हुनुभएको छ ।