चीनको विकास देखेर नेपाली सरकार प्रमुखले बनाएको यो भिडियो…

सुर्खेत, १७ माघ (जागरण) । संघ, प्रदेश र स्थानिय सरकारका प्रमुखहरु विगतदेखि नै पटक पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाने र फर्किने गरेका छन् ।
केही समय अघि नेपालका गाउँपालिकाहरुको प्रतिनिधित्व गर्दै सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी चीन भ्रमणमा जानुभएको थियो ।
चीन भ्रमणमा अध्यक्ष केसीसहित विभिन्न १६ वटा देशबाट सरकार प्रतिनिधिहरु पुगेका थिए । चीनको विकासमा रोडम्याप तयार गरेको अलिबाबा ग्रुपको अनुभव आदान प्रदानमा पनि सहभागि भई नेपाल फर्किसकेपछि अध्यक्ष केसीले आफ्नो निष्कर्षसहित एउटा भिडियो तयार गर्नुभएको छ । सो भिडियो जागरणले आफ्नो युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियोः