यूएईलाई हराउँदै नेपालले टी–२० क्रिकेट जित्यो

काठमाण्डौँ, २० माघ (जागरण) । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० क्रिकेट सिरिज जितेको छ । आज वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी २० मा नेपालले यूएईलाई १ सय ५ रनको लक्ष्य दिएको थियो ।्
तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिनु भएको थियो । पहिलो र दोस्रो बलमा विकेट लिएका उहाँले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी २० सिरिज दिलाउनु भएको हो ।