गणेशजलले चार सय पच्चिसको स्वास्थ्य जाँच गरायो

सुर्खेत, २० माघ (जागरण) । गणेशजल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ३ सुर्खेतले गरेको मधुमेह परिक्षणबाट चार सय २५ जनाले सेवा पाएका छन् ।
प्रत्येक वर्ष गरिने स्वास्थ्य परिक्षणअन्तर्गत गणेशजलले रातानाङ्लादेखि धरमपोखरा सम्मका सदस्यहरुका लागि घिउपोखरीमा र वीरेन्द्रनगर नगरपालिकाभित्रका लागि बाङ्गेसिमलमा परिक्षण शिवीर आयोजना गरेको थियो ।
वीरेन्द्रनगर १६ घिउपोखरीमा भएको शिविरमा २ सय ७५ जना र बाँगेसिमलमा १ सय ५० जनाले स्वास्थ्य जाँच गराएका सहकारीका अध्यक्ष प्रेमकुमार विसीले बताउनुभयो ।