काठमाण्डौँ, २१ माघ (जागरण) । विगतमा रोधी बस्दा केटाले घरजम् गर्न तत्परता देखाउने र केटी भने नमान्ने गरेको यथार्थ भए पनि अव भने केटाले नमान्ने अर्थात् ‘गौरालो’ बन्ने गरेका छन् र केटीहरु भने साथमै जान आतुर हुने गरेका छन् । अचेल अचेल यस्तो भन्न थालेको पाइयो ।
केटाः ‘अव त बारुले जाउँ क्यारे घर भाले बास्यो बारुले जुनेली रातैमा ।’
केटीः ‘नाँचौँ गाउँ बारुले जुनेली रातैमा मन मिले बारुले जाउँला नि साथैमा ।’
माथि उल्लेखित संवाद् अरु केही होइन बजारमा आएको नयाँ दमदार गीत ‘बारुले’मा उल्लेखित कथाबस्तुको स्थायी शव्द हुन् ।
चर्चित नृत्य निर्देशक चन्द्र मन्दिरको नयाँ झ्याउरे गीत ‘बारुले’ बजारमा आएको छ । मन्दिर र रामकला गुरुङ्गको शव्द संयोजनमा रहेको गीतमा चर्चित तथा सुमधुर स्वरका धनी गायक गायिका अर्जुन सुनाम र टिका पुनले गाउनुभएको छ । गीतमा संगीत कविराज गिरीको छ ।
युट्युवमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देशक मन्दिर र आरुसी मगर तथा नविन ओली र सञ्चिता राइले मोडलको भुमिका निर्वाह गर्नुभएको छ । निर्देशन चाँही मन्दिरले नै गर्नुभएको हो ।
पछिल्लो समय ‘झाँप्रे’ अर्थात् झ्याउरे गीत र नाँच नेपालभर नै मन पराउन थालिएको छ । यसको उद्गम मानिने कर्णाली प्रदेशका जिल्लाहरु सहित देशभर ने यो गीतले नयाँ तरङ्ग पैदा गर्ने विश्वास गीतको टिमले गरेको छ ।
हेर्नुहोस् गीतको भिडियोः