मुगु, २२ माघ (जागरण) । मुगुको छायाँनाथ रारा नगरपालिकामा सर्वसाधारणले राडीपाखी बुनेर नै जिविकोपार्जन गर्ने गरेका छन् ।
नगरपालिका १३ थार्प गाउँका करिब एक सय २१ घरधुरीमध्ये करिब ५० परिवारले व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा जोड दिएका हुन् ।
कृषि पेसाले खान नपुग्ने भएपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्मल, फेरुवा, पाखी, बुनेर बिक्री गरेर वर्षौंदेखि जीविकोपार्जन गरिरहेको स्गानीय कर्णसिंह बोरोराले बताउनुभयो ।