यसवर्ष पनि समयमै पाठ्यपुस्तक नपुग्ने संकेत

सुर्खेत, २२ माघ (जागरण) । कर्णालीका हिमाली जिल्लामा यसवर्ष पनि समयमै पाठ्यपुस्तक नपुग्ने देखिएको छ । फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने हुम्ला, जुम्ला र डोल्पामा यसवर्ष समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने भएको हो ।
प्रकाशनले अझै किताब छाप्न सुरु गरेका छैनन् । देशभर १ देखि ४ कक्षासम्म पाठ्यपुस्तक छाप्ने जिम्मा पाएका निजि प्रकाशनलाई सरकारले दिने जिम्मेवारीमा ढिलासुस्ती गरेको कारण अझै किताब छाप्न सुरु नगरेको बताइएको छ ।
निजी प्रकाशनको ढिलासुस्तीका कारण यसवर्ष पनि १–४ कक्षाको किताब समयमै विद्यार्थीको हातहातमा नपुग्ने देखिएको हो ।