सुर्खेत, २३ माघ (जागरण) । आउदो फागुन १ गते देखि कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ्घ शिल्ड प्रतियोगिता वीरेन्द्रनगरमा सञ्चालन हुने भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रनिङ्घ शिल्डमा कर्णाली प्रदेशका १० जिल्लाका २ सय ३० जना खेलाडीले सहभागिता जनाउने छन् ।
कर्णााली प्रदेशमा भलिबल खेलको विकासको लागि रनिङ्घ शिल्ड गर्न लागिएको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर वीकेले बताउनु भयो ।
प्रथम हुने महिला र पुरुष टिमले एक–एक लाख रुपैयाँ सहित रनिङ्घ शिल्ड, द्वितिय हुने टिमले कप सहित ७५ हजार रुपैयाँ, तृतिय हुने टिमले कप सहित ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट महिला र पुरुष खेलाडिले ५ ÷५ हजार रुपैेया सहित कप, मेडल र प्रमाण पत्र पाउने भएका छन ।
फागुन ४ गते सम्म चल्ने रनिङ्घ शिल्डमा प्रत्येक जिल्लाबाट महिला र पुरुष गरी दुई टिमको सहभागिता रहनेछ । खेलका लागि ५० लाख बजेट बिनियोजन गरिएको आयोजकले जानकारी दिएको छ ।