जुम्ला, २३ माघ (जागरण) । नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन अन्तिम चरणमा पुगेको छ ।
शब्दकोष लेखनका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको छ । करिब हजार पृष्ठ लामो शब्दकोशका लागि ७२ वर्षीय भाषाविद् तथा लेखक रमानन्द आचार्यले लेखन कार्य सूरु गर्नुभएको हो ।
पुस्तकले बढीभन्दा बढी ‘खसिया आखर’ शब्दलाई लक्ष्य बनाएको उहाँले बताउनुभयो । जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख खस नेपाली भाषा तथा नेपाली भाषाको संरक्षण गर्न शब्दकोशको तयारी भएको हो ।