वीरेन्द्रनगरको मुख्य चौकमा सहिद स्मारक बन्ने

सुर्खेत, २३ माघ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा सहिद स्मारक निर्माण गर्ने तयारी भएको छ ।
प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्नेगरी प्रदेश सरकारले तयारी गरेको हो ।
सहिदको वलीदानीले कर्णाली प्रदेश प्राप्त भएको बताउदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहिदहरुको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको वताउनुभयो ।
मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाईते अपाङ्गता भएकाहरुको मागपत्र वुझदै मुख्यमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
उहाँले घाईते तथा अपाङ्गहरुको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ४ जनाको मृत्यु भएको थियो ।