सुर्खेत, २३ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरबाट श्रम स्वीकृति दिन सुरु गरेपछि सेवाग्राहीहरुलाई सहज भएको छ । सेवाग्राहीलाई श्रम स्वीकृतिका लागि काठमाण्डौँ जानुपर्ने बाध्यता हटेपछि सहज भएको हो ।
सुर्खेतमा श्रम कार्यालयबाट श्रम स्वीकृति दिन सुरु गरेसंगै काठमाण्डौँ जाँदा एक हप्ता भन्दा बढी समय लाग्नुपर्ने बाध्यता हटेको छ । सरकारले कर्णालीमा श्रम कार्यालय स्थापना गरेर सेवा दिन सुरु गरेसंगै हालसम्म ७० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
सुर्खेतबाटै श्रम स्वीकृति सेवा सुरु भएपछि काठमाण्डौँ पुग्नुपर्ने बाध्यता हटेर सहज भएकोे सुर्खेतको गुर्भाकोट नगरपालिकाका डिके कामीले बताउनुभयो ।
कार्यालयका श्रम अधिकृत रामकृष्ण आचार्यले अहिले सुरुवातको चरणमा भएकाले भन्दै उहाँले सेवाग्राहीहरुलाई सहज रुपमा छिटोछरितो सेवा दिने प्रयास गरेको बताउनुभयो ।