कर्णाली प्रदेशसभाको एक वर्ष र सभामुखको अनुभव (अडियो सहित)

सुर्खेत, २३ माघ (जागरण) । कर्णालीमा प्रदेश सभाले हिजो एक वर्ष पार गरेको छ । हालसम्म सम्पादन भएका कामको प्रगति हेर्दा कर्णालीमा प्रदेश सभाको सुरुवात आशलाग्दो छ । देशका अन्य प्रदेशमा अहिले पनि नामाकरण र राजधानीको विषयमा रस्साकस्सी नै छ ।
तर कर्णालीमा प्रदेश सभाले सबैभन्दा पहिला प्रदेशको नाम र राजधानीको टुंगो सर्वसम्मत लगाउन सफल भयो । यस्तै प्रदेश सभाले एक वर्षको अवधीमा थुप्रै आशलाग्दा कामहरु पनि सम्पादन गरेको छ ।
प्रदेश सभाले एक वर्ष पार गरेको अवसरमा हामीले प्रदेश सभाका सभामुख राजबहादुर शाहीसँग विषेश कुराकानी गरेका छौं । पत्रकार ललित बुढाले उहाँलाई प्रदेश सभाको एक वर्ष कस्तो रह्यो ? भनेर पहिलो प्रश्न सोध्नुभएको छ ।
सुन्नुहोस् अडियोः