सुर्खेत उद्योग वाणिज्य संघका व्यापारीले बैँक बहिस्कार गर्दै

सुर्खेत, २४ माघ (जागरण) । बैंकहरुले मनपरी ढंगले ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले आज बैंक बहिष्कार गर्ने भएको छ ।
सिण्डिकेट जस्तै एकपक्षीय रुपमा बैंकहरुले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी हुने स्थितिमा पुगेको भन्दै बैंक बहिस्कारको आन्दोलन थालिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
९ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३ प्रतिशतसम्म पुर्‍याउँदा व्यापार व्यवसाय चौपट बनेको र व्यापारी पलायन हुनुपर्ने अवस्था आउन लागेको महासचिव लक्ष्मण कंडेलको गुनासो छ ।