गाउँपालिका महासंघ कर्णालीको अधिवेशनमा के के हुन्छ ? (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २५ माघ (जागरण) । गाउँपालिका महासंघ कर्णाली प्रदेशको पहिलो अधिवेशन भोलीदेखि वीरेन्द्रनगर सुर्खेतमा हुँदैछ । यसअघि भेलाबाट तयार भएको महासंघको संयोजन समितिले अधिवेशनको आयोजना गरेको हो । अधिवेशनमा कर्णाली प्रदेशभरका गाउँपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहने छ ।
अधिवेशनकै विषयमा हामीले गाउँपालिका महासंघ कर्णाली प्रदेशका संयोजक कविन्द्रकुमार केसीसंग कुराकानी गरेका छौँ । उहाँलाई सबै भन्दा पहिला गाउँपालिका महासंघको भेला हुँदैछ, यसले के–के गर्छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः