सुर्खेत, २६ माघ (जागरण) । कर्णाली प्रदेशका उच्च क्षेत्रमा भारी हिमपात भएको छ ।
हिमपातका कारण जनजिवन प्रभावित भएको विभिन्न सामुदायिक रेडियोहरुले जनाएका छन् ।
रेडियो डोल्पा, रेडियो कैलाश हुम्ला, रेडियो रारा मुगु, रेडियो खुला आकाश जुम्ला, रेडियो चंखेली कालिकोट, रेडियो ध्रुवतारा दैलेख, रेडियो उत्तरगंगा रुकुम, रेडियो राप्ती सल्यानका अनुसार उच्च भागमा हिमपातका कारण दैनिकी कष्टकर बनेको छ ।
यसैबीच, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा समेत हिउँ परेको छ । स्थानीय बुढापाकाहरुका अनुसार वीरेन्द्रनगरमा ३० बर्षपछि हिउँ परेकाे हाे । यसअघि २०४४ सालमा वीरेन्द्रनगरकाे गढीसम्म हिउँ परेकाे थियोे । वीरेन्द्रनगरका वडानम्वर ७, १२, १४, १५ र १६ वडाका केही भागमा हिउँ परेकाे छ ।