सुर्खेत, २७ माघ (जागरण) । आरङ्ग नेपाल सुर्खेतको अध्यक्षमा पुनः गणेशभक्त गौतम चयन हुनु भएको छ । आरङ्ग नेपालको १३ औँ साधारणसभाले गौतमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नयाँ समितिको उपाध्यक्षमा उमालाल आचार्य सचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा यामनारायण आचार्य, सहसचिवमा खुमलाल न्यौपाने र सदस्यहरूमा केशव ढकाल, माया थापा, हरी ढकाल, सविता कोइराला, ज्ञान बहादुर नेपाली, तिलक पौडेल, नबराज खराल र निर्मल प्याकुरेल रहेका छन् ।