पढ्नुहोस्, अवको मौसम कस्तो ?

सुर्खेत, २७ माघ (जागरण) । केहीदिनको वर्षा र हिमपातपछि कर्णाली प्रदेशका प्रायः जिल्लामा मौसम सफा देखिन्छ ।
हावापानी कार्यालय सुर्खेतकाअनुसार कर्णाली सहित देशका धेरैजसो भू-भागमा घाम लागेको छ । तर आज पनि आंशिक बदलीको सम्भावना छ ।
गत बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरी पनि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ ।
भोलीदेखि फेरी देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।
पछिल्लो समय लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । गत पुस अन्तिममा पहिलो पटक हिउँदे वर्षा भएको थियो ।
त्यसपछि माघको पहिलो हप्ताको अर्को पश्चिमी वायुको प्रणालीले वर्षा र हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै लगत्तै अर्को पश्चिमी वायु भित्रियो ।
केही दिन लगातार देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो । वर्षा र हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको थियो ।