विकासको काममा जनप्रतिनिधिलाई के कुराले छेक्यो ? (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, २७ माघ (जागरण) । गाउँगाउँमा सिंहदरबार भन्ने नाराका साथ अहिले तपाई हाम्रो नजिकमा अधिकारसहितका सरकार बनेका छन् । ति हुन्, गाउँपालिका र नगरपालिका ।
गाउँपालिका र नगरपालिका बन्ने बेला जनतामा ठूलै आशा पलायो । अव पक्कै पनि हामी विकसित मुलुकका जनता हुन्छौँ भन्ने आशा जनताको हो । त्यतिमात्रै होइन त्यो भन्दा धेरै खुसी जनता आफ्ना प्रतिनिधि निर्वाचित भएपछि बने ।
जनताले आफ्ना प्रतिनिधि चयन गरेको पनि साढे एक वर्ष बितिसकेको छ । यो अवधिमा विकास नभएको होइन तर सोचेतजति र बोलिएजति विकास नभएको सत्य हो । हामीले यो अवधिमा जनप्रतिनिधिहरुलाई तपाइको स्थानीय तहमा जनताको चाहना अनुसार काम गर्ने क्रममा के कुराले अप्ठ्यारो पारेको छ ? भनेर सोधेका छौँ ।
प्रस्तुत छ उहाँहरुको आवाजः