झप्टीमा जलवायु शिक्षा

बर्दिया, २७ माघ (जागरण) । बर्दियाको राजापुर नगरपालिका वडा न ६ झप्टीका नागरिकहरुलाई जलबायु शिक्षा प्रदान गरिएको छ । टोलका ५२ जना नागरिकहरुलाई घरधुरीमै पुगेर शिक्षा प्रदान गरिएको हो ।

जस अन्र्तगत जलबायु परिर्बतन के हो, यसका असरहरु के के हुन्, असरहरु रोकथामका लागि नागरिकको भुमिकाहरु के के हुन सक्छन् भन्ने बिषयमा छलफल गरिएको थियो ।

टोलमा जलबायु परिर्बतन संग सम्बन्धीत समस्याहरु समाधानका लागि आगामि दिनमा के गर्न सकिन्छ भन्ने बिषयमा टोल स्तरमा कार्ययोजना समेत निर्माण गरिएको छ ।

प्रत्येक साता सरसफाई गर्ने, पलाष्टीकलाई एकै ठाउँमा जम्मा गरी व्यवस्थापन गर्ने, चौताराहरुमा सार्बजनिक शौचालय निर्माण गर्ने, धारा छेउछाउमा सफा राख्ने, एक घर एक भाडा सुकाउने च्याङ्ग बनाउने लगायतका योजनाहरु त्य गरिएको सोही टोलका बडघर सन्तराम थारुले जानकारी दिनुभयो ।

राजापुर नगरपालिका ६ न. वडा कार्यालयको आयोजनामा, अमेरिकी सहयोग नियोगको आर्थिक सहयोग, एमविआइ ग्लोबलको प्राविधिक सहयोग र किर्डाक नेपालको सहजिकरणमा सञ्चालित पानी जलकचहरी कार्यक्रम अन्र्तगत यस अघि सम्पन्न भएको संकटासन्नता क्षमता विष्लेषण कार्यक्रमका सहभागिहरुले नागरिक शिक्षा प्रदान गरिरहेका छन् ।

वडाका जनप्रतिनीधि, बडघर लगायतको अगुवाईमा नागरिक शिक्षा प्रदान गरिएको हो । वडा कार्यालयले नै जनप्रतिनिधी र बडघरहरुलाई मात्र शिक्षा दिएर व्यवहारमा लागु गर्न कठिनाई रहेको भन्दै वडाका सबै टोलमा नागरिकहरुलाई शिक्षा प्रदान गर्न एक सहभागि एक समूदाय सिकाई आदान प्रदान अभियान सुरु गरेको थियो । वडा कार्यालयले सोहोली र महादेउली टोलमा नागरिक शिक्षा प्रदान गरिसकेको छ ।