महिला हिंसा रोक्न आर्थिक सवलिकरण हुनुपर्छः मन्त्री ज्वाला

सुर्खेत, २४ चैत (जागरण) । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वालाले आर्थिक रुपमा सक्षम भए महिलालाई हिंसामुक्त बनाउन सकिने बताउनुभएको छ ।
आर्थिक अभावका कारण महिलाहरु परनिर्भिर बनेको र यसले उनीहरुमाथि हिंसा भईरहेको भन्दै उहाँले अब महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाईने उल्लेख गर्नुभयो ।
आज वीरेन्द्रनगरमा आयोजित महिला अधिकार र सम्भावना सम्बन्धी एक कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
साथै मन्त्री ज्वालाले अब प्रदेश सरकार महिलामैत्री निती तथा कार्यक्रम ल्याउन लागी परेको जानकारी दिनुभयो ।
महिला हिसां, बालबिवाह, तथा छाउपडिले यस प्रदेशका महिलाहरु बढि पिडीत भएकाले यसलाइ अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाई छ । प्रदेश सरकार र स्थानीय सरकार जनताको नजिक भएकाले अब मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै दैलेखका प्रतिनिधीसभा सांसद पार्वती विसुन्केले कणार्ली प्रदेशमा विशेष योजना बनाएर मात्रै यहाका महिलाको बिकास हुने बताउदै त्यसका आफु सर्धै प्रतिबद्ध हुने बताउनुुभयो ।
यसैबिच, गत विहीबार देखि जारी महिलाहरुको भेला आज सम्पन्न भएको छ ।
महिला जनप्रतिनिधी र अधिकारर्मीहरुको उक्त भेलाले १२ बुँदे सुर्खेत घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा स्थानीय तहका जनप्रतिनिधीहरु महिलाविरुद्ध हुने हिंसा र विभेदविरुद्ध सहकार्य गर्ने, स्थानीय तहलाई महिलामैत्री बनाउने र महिलाविरुद्ध रहेका सबै सामाजिक कुप्रथा अन्त्यका लागि कठोर रुपमा प्रस्तुत हुने उल्लेख छ ।