रारा ताल घुम्नेहरुलाई अन्य ठाउँ पनि घुमाइने

सुर्खेत, २८ माघ (जागरण) । रारा ताल घुम्नका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न वस्तीमा घुमाइने भएको छ । फागुनदेखि रारा घुम्ने मौसम सुरु हुने भएकाले पर्यटकका लागि यस्तो प्याकेज राखिएको हो ।
भिलेज टुर अन्तर्गत छाँयानाथ रारा नगरपालिकाका तीन वटा वस्तीमा घुमाइने छ । फागुन दोस्रो साताबाट यो प्याकेज लागू हुनेछ ।
पर्यटकका लागी भिजिट कर्णाली टुर एण्ड टा«भल्सले फागुनको दोस्रो सातादेखि स्पेशल भिलेज टुर प्याकेज संचालन गर्न लागेको हो । हवाइ तथा सडक यातायात दुबैबाट रारा अवोलकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रारातालको अवलोकन मात्र नभई नजिकैका गाउँमासमेत घुमाइने छ ।
अर्गानिक खाना, जिल्लाको परम्परागत संस्कृति, मठमन्दिर र परम्पगत वस्तीको अवोलकन गराउनका लागी पहिलोपटक छाँयानाथ रारा नगरपालिकाको भामबाडा, कार्किबाडा र माथीतुमा गाउँमास्पेशल भिलेज टुर प्याकेज शुरु गर्न लागिएको भिजिट कर्णाली टुर एण्ड टा«भल्सका प्रबन्ध निर्देशक राजु कार्कीले जानकारी दिनुभयो ।