परियोजना छान्दै प्रदेश योजना आयोग

सुर्खेत, २९ माघ (जागरण) । कर्णालीको प्रदेश योजना आयोगले प्रदेशभरी सञ्चालन गरिने विकासका परियोजनाहरु छनोट गर्न थालेको छ ।
केही महिनाअघि गठन भएको प्रदेश योजना आयोगले वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम थालेको हो । आयोगले पहिलो चरणमा परियोजना वैँक निर्माणको काम शुरु गरिएको जनाएको छ ।
कर्णालीको भौगोलिक अवस्था र आर्थिक क्षमतालाई आधार बनाएर परियोजनाहरु छनोट गर्न लागिएको आयोगको भनाई छ ।
प्रदेश सरकारलाई आगामी वजेट विनियोजन सँगै कार्यन्वयन गर्न सहजताका लागि परियोजना वैँक निर्माणको काम थालिएको आयोगले जनाएको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद रेग्मीले प्रदेशहरुमा आवश्यक उपयुक्त योजनाहरुको खोजी कार्यसमेत भइरहेको जानकारी दिनुभयो ।