भ्रष्टाचारको अवस्था र अन्त्यको प्रयास (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २९ माघ (जागरण) । भ्रष्टाचार सामाजिक अपराध हो । सामान्यतया कुनै पनि काम गराउनका लागि सम्पत्ती लेनदेन गरिनुलाई मात्रै भ्रष्टाचार बुझ्ने गरिए पनि यसका प्रकृति निकै फरक फरक छन् । कसैलाई भनसुन गर्नु पनि भ्रष्टाचार हो ।

भ्रष्टाचार नै विकासको मुख्य बाधक हो भन्ने पनि गरिन्छ । भ्रष्टाचारमा संलग्न भनि विभिन्न व्यक्तिहरुले कारबाही पनि भोगेका छन् । तर यो रोकिएको पनि छैन । यसै सन्दर्भलाई केन्द्रित गरी भ्रष्टाचार अन्त्यका लागि कसले के गर्नुपर्ला ? भनेर हामीले जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको तस्तैः

कर्णालीमा भ्रष्टाचारको अवस्था र कारबाहीः

भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाङ्कमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिन्छ ।

कर्णाली प्रदेशको भ्रष्टाचारको अवस्था र कारबाहीका कामहरुका विषयमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीसँग कुराकानी गरेका छौँ ।
सुन्नुहोस् कुराकानीः