सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको तयारी पूरा

सुर्खेत, २९ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगर सुर्खेतमा हुने सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १४ अौँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
विश्व रेडियो दिवसको समेत अवसर पारेर भोली फागुन १ गते देखि ३ गते सम्म हुने साधारणसभामा सामुदायिक रेडियोहरुले हाँसिल गरेका उपलव्धी, चुनौति र आगामी बाटोका बिषयमा छलफल हुने अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।
बढ्दो असमानता न्युनिकरणमा सामुदायिक रेडियो, विपद् तथा चुनौतिहरुको सामना गर्नसक्ने सक्षम समुदाय निर्माणमा खेलेको भुमिकाको चर्चा सम्मेलनमा हुने छ । अध्यक्ष खतिवडाकाअनुसार लामो संक्रमणको अन्त्य गरेर राजनितिक स्थायित्व र समृद्धि तर्फको यात्रामा सामुदायिक रेडियो संवाद, सुचनाको पहुँच र सुशासन अभिबृद्धिमा पुर्याउन सक्ने योगदानको बिषयमा छलफल हुने छ ।
नेपालमा सामुदायिक रेडियो प्रसारणको ईतिहासले दुई दशक पुरा गरिसकेको छ ।
नेपालमा सञ्चालित ३५० एफ. एम. रेडियो सामुदायिक प्रसारक संघ नेपालमा आवद्ध छन् ।
कर्णाली जलस्रोत, पर्यटन र अनौठो प्राकृतिक बनोटलाई उजागर गर्न कर्णाली प्रदेशमा अकोराबको राष्ट्यि सम्मेलन गर्न थालिएको हो ।